५ माघ २०७८, बुधबार

‘ओमिक्रोन संक्रमण भएकालाई कुनै लक्षण छैन,कन्ट्याक्ट ट्रेसिंगमा परेका ६६ जनाको रिपोर्ट नेगेटिभ’

प्रकाशित मिति :  २० मंसिर २०७८, सोमबार १३:५०


काठमाडौं । नेपालमा कोभिड १९ को ओमिक्रोन संक्रमणको पुष्टि भएको २ जनामा कुनै लक्षण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति भनिएको छ,“नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको छ । हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ । हाल उहाहरुमा कुनै लक्षणहरु देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ ।”

संक्रमित दुइ व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको भन्दै मन्त्रालयले कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कमा रहेका व्यक्तिहरुको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !