२६ बैशाख २०८१, बुधबार

भारत आइपुगे ट्रम्प, ताजमहलमा ट्रम्पकाे सुरक्षा लङ्गुरले गर्दै

प्रकाशित मिति :  24 February, 2020 2:07 pm


US President Donald Trump and First Lady Melania Trump listen to India’s Prime Minister Narendra Modi (L) as they sit next to a charkha, or spinning wheel, during their visit at Gandhi Ashram in Ahmedabad on February 24, 2020. (Photo by Mandel NGAN / AFP)

नयाँ दिल्ली, १२ फागुन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हिलो पटक ट्रम्प भारत भ्रमणका लागि साेमबार गुजरातको अहमदाबाद आइपुगेका छन् ।  अहमदाबादस्थित एयरपोर्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंगालो हालेर स्वागत गरेका छन्।

ट्रम्पसँग पत्नी मेलानिया, छोरी इवान्का र ज्वाइँ ज्यारेड कुशनर पनि भारत आएका छन्।  अमेरिकी राष्ट्रपति अहमदाबादमा २३० मिनेट रहनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ट्रम्पले २२ किमी लामो रोड शोमा सहभागी हुनेछन्। मोटेरा स्टेडियममा नमस्ते ट्रम्प कार्यक्रममा पनि उनी सामेल हुनेछन्। विगत ६१ वर्षमा ट्रम्प भारत आउने सातौँ अमेरिकी राष्ट्रपति हुन्। यसअघि पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा दुई पटक भारत आएका थिए।

यसअघि माेदी र ट्रम्पले एक अर्कालाइ स्वागत गर्दै ट्रवीटसमेत गरेका छन् । ‘ट्रम्प, भारत तपाईंको प्रतीक्षा गरिरहेको छ। तपाईंको भ्रमणबाट दुई देशको सम्बन्ध अझै मजबुत हुनेछ।’ मोदीलाई जवाफ दिँदै जहाजबाटै ट्रम्पले भनेका थिए, ‘हामी भारत उनका लागि तयार छौं। हामी बाटोमा छौं, केही घण्टामै हामी सबै भेट हुने छौं।’ अहमदाबादपछि ट्रम्प ताजमहल हेर्न आगरा जाने कार्यक्रम छ भने २५ फेब्रुअरीमा ट्रम्पलाई दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ।

यसबीच भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि भारतीय प्रहरीले लंगुर तैनाथ गरेको छ। ताजमहल हेर्न आउने भएपछि ट्रम्प दम्पत्तिको सुरक्षाका लागि भारतीय प्रहरीले लंगुर तैनाथ गरिएकाे बिबिसी हिन्दीमा समाचार छ । ट्रम्पलाई बाँदरको आक्रमणबाट जोगाउने उपायस्वरुप भारतीय प्रहरीले पाँचवटा लंगुर तैनाथ गरेको हो।

एक पुलिसकर्मीले सुरक्षा व्यवस्थ अत्यन्तै कडा बनाइएको जानकारी दिएका छन्।  सुरक्षाको व्यवस्ता मानवीय हमलालाई मात्रै हेरेर गरिएको छैन जंगली र घरपालुवा जनावरबाट जोगिने गरी पनि बन्दोबस्त गरिएको छ। ताजमहल र त्यस आसपासको क्षेत्रमा प्रायजसो बाँदरले पर्यटकमाथि हमला गरिरहेका हुन्छन्।  यस्तोमा बाँदरलाई लखेट्नका लागि भारतीय सुरक्षाकर्मी आगरामा लंगुर तैनाथ गरेका हुन्।

ताजमहल परिसरको चारैतर्फ सुरक्षा अत्यन्त कडा बनाइएको छ। चार घेरमा स्थानीय पुलिसदेखि अर्धसैनिक बलका जवान र एनएसजीका कमाण्डो पनि तैनाथ गरिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आगरामा केवल २ घण्टाका लागि रहनेछन्। तर उनको स्वागतका लागि आगरामा कयौँ दिनदेखि दिन-रात खटेर विशेष तयारी गरिएको छ। आगराका हरेक सडकलाई धोएर सफा पारिएको छ। ट्रम्पको गाडी चल्ने हरेक सडक क्षेत्रमा कडा सुरक्षा गरिएको छ। डोनल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प सोमबार साँझ करिब साढे ४ बजे ताजमहल हेर्न आगरा पुग्दैछन्।



प्रतिक्रिया दिनुहोस !