१९ मंसिर २०८२, शुक्रबार

‘मिस तामाङ पोखरा’को तालिम शुरु

प्रकाशित मिति :  19 December, 2021 1:43 pm


पोखरा । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे ‘मिस तामाङ पोखरा’को तयारी शुरु गरेको छ ।

शनिबारबाट सहभागीहरूलाई तालिम दिन शुरु गरिएको हो । सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो छैठौं संस्करण हो ।

तालिमको शुभारम्भको अवसरमा बोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको बताए ।

शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य धनमाया तामाङ्गले आफ्नो समुदायको भाषा, भेषभुषा संस्कृति नै जातीको अस्तित्व भएको बताए  । उनले यस्तो खालको सृजनात्मक कार्यक्रमले कलासंस्कृतिको जगेर्नाा गर्न टेवा पुग्ने बताए ।

४५ दिन सम्म चल्ने प्रशिक्षणमा तामाङ्ग जातीको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक एवम पहिलो मिस तामाङ्ग निमा तामाङ्गले जानकारी दिइन् ।

माघ १५ गते शनिवार पोखरा सभागृहमा हुने प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ ।

त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्ने जयन्ती मोक्तानले जानकारी दिइन् ।

सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन, चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङ र पाँचौ संस्करणमा शशिकला तामाङ्गले ताज पहिरिन सफल भएकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस !