१२ मंसिर २०८०, मंगलबार

कपनमा रेड पाण्डाको छाला सहित ४ जना पक्राउ

प्रकाशित मिति :  25 February, 2020 4:50 pm


काठमाडौ, १३ फागुन ।

नेपालमा पाईने दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सुर्य बहादुर भुजेल, सुक बहादुर लामा, कमला तामाङ र युबराज सापकोटा रहेका छन्।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ कपनबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

भुजेलले पछाडी बोकेको कालो रंगको झोलाभित्र निलो प्लाष्टिकमा बेरिएको अबस्थामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला १ थान फेला पारेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाडौं पठाएको छ।



प्रतिक्रिया दिनुहोस !