५ जेष्ठ २०८१, शनिबार

ओमिक्रोन भेरियन्टका लागि चिनियाँ कम्पनी साइनोभ्याक बायोटेकको खोप कमजोर

प्रकाशित मिति :  23 December, 2021 6:02 pm


काठमाडौं । ओमिक्रोन भेरियन्टका लागि चिनियाँ कम्पनी साइनोभ्याक बायोटेकको खोपले दिनुपर्ने पर्याप्त सुरक्षा दिन नसकेको एक चिनियाँ अध्ययनबाट देखिएको छ ।

साइनोभ्याक बायोटेकको खोप बुस्टर खोप दिइएपछि ओमिक्रोनको विरूद्ध कति सुरक्षा प्रदान गरेको भन्ने विषयमा गरिएको अध्ययनबाट यस्तो देखिएको हो ।

बिहीबार हङकङ युनिभर्सिटी र चिनियाँ युनिभिर्सिटी अफ हङकङका अनुसन्धानकर्ताहरूले ओमिक्रोन स्ट्रेनबाट सुरक्षित हुन फाइजरको कोमिरनाटी बुस्टर खोप लिन आग्रह गरेका हुन् ।

ती अनुसन्धानतकर्ताहरूको प्रकाशित अध्ययनमा यस्तो उल्लेख गरिएको हो । त्यसमा चिनियाँ कम्पनी साइनोभ्याक बायोटेकले ओमिक्रोन विरूद्ध तीन मात्रा खोपले पनि सुरक्षा दिन कमजोर भएको जनाइएको छ ।

साइनोभ्याक बायोटेकको दुई मात्रा लिनेलाई फाइजारको कोमिरनाटी वा कोरोनाभ्याकको एक मात्राको रूपमा तेस्रो मात्रा खोप दोस्रो लिएको ६ महिना भित्र लिए अधिकतम सुरक्षा प्रदान गर्ने ती अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

अनुसन्धानका लेखक मलिक पेरिसले जारी गरेको विज्ञप्तिमा कोमिरनाटी वा कोरोनाभ्याक दुवै खोप अहिले हङकङमा उपयोग भइरहेको छ । साइनोभ्याक बायोटेकका २ अर्ब ३० करोड मात्रा खोप चीन बाहिर विकासशील देश तर्फ सिपमेन्ट गरिएको छ ।

अमिक्रोन भेरियन्ट डेल्टा भेरियन्टको तुलनामा ७० गुना बढी सर्छ तर कम खतरनाक रहेको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !