५ जेष्ठ २०८१, शनिबार

भारतमा ओमिक्रोन संक्रमितको संख्या बढ्यो, एक दिनमै १३५ संक्रमित

प्रकाशित मिति :  28 December, 2021 10:58 am


काठमाडौं । भारतमा ओमिक्रोनको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १३५ जना ओमिक्रोनका संक्रमित भेटिएका छन् । योसंगै भारतमा ओमिक्रोन संक्रमितको संख्या ६५३ पुगेको छ ।

भारतमा अहिलेसम्म २१ वटा राज्यमा ओमिक्रोनको संक्रमण फैलिसकेको छ । जसमा सबै भन्दा धेरै महाराष्ट्रमा १६७ जना र दिल्लीमा १६५ जना रहेको छन् ।

त्यस्तै ओमिक्रोन संक्रमित धेरै भएका राज्यमा केरलामा ५७जना, तेलङ्गानामा ५५ जना, गुगरातमा ४९ जना, राजस्तानमा ४७ जना, तमिलनाडुमा ३४ जना र कर्नाटकमा ३१ जना संक्रमित रहेका छन् ।

संक्रमणदर बढ्न थाले पछि भारतको दिल्ली, उत्तराखण्ड, उत्तर प्रदेश, मध्ये प्रदेश, कर्नाटक, केरला, गुजरात, असम, हरियाना, र महाराष्ट्रमा
रात्रीकालिन कर्फु समेत लगाइएको छ । भारतमा १४२ करोड ४६ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !