१९ मंसिर २०८२, शुक्रबार

राष्ट्रिय महिला भलिबल टिमलाई उपराष्ट्रपति पुनको बधाई

प्रकाशित मिति :  29 December, 2021 11:46 am


काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय महिला भलिबल टिमलाई बधाई दिएका छन् ।

बंगलादेशको ढाकामा सम्पन्न एसियन भबिल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गरेर उपाधी रक्षा गरेकोमा उपराष्ट्रपति पुनले राष्ट्रिय महिला भलिबल टिमलाई बधाई दिएका हुन् ।

उपराष्ट्रपति पुनले भनेका छन्,“हिजो (मंगलबार) को दिन सम्पूर्ण नेपालीहरुको हर्षको र नेपाली भलिबलका लागि स्वर्णीम दिन बन्यो ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमले बंगलादेशको ढाकामा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गरेर उपाधीको रक्षा गर्दै किर्तिमान कायम गर्नु राष्ट्रकै गौरव र प्रतिस्ठा उच्चो हुनु हो । नेपाली महिला भलिबल टिमले किर्तिमान कायम गरेको गौरवपूर्ण अवसरमा म अत्यन्त हर्षित छु ।”

राष्ट्रको गरिमा बढाएर नेपाल र नेपालीको शीर उचो बनाउने राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, सम्पूर्ण खेलाडीहरू, टिम म्यानेजर तथा नेपाल भलिबल संघका पदाधिकारीहरूलाई उपराष्ट्रपति पुनले बधाई दिएका छन् ।

भलिबल राष्ट्रिय खेलमात्रै नभइ हिमाल, पहाड र तराईका टोल–टोलमा खेल्न सकिने र नेपालका सबै भूगोललाई जोड्ने सबैभन्दा लोकप्रिय खेल भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले भनेका छन्,“नेपाली भलिबलको ४३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा राष्ट्रिय महिला भलिबल टिमले राष्ट्रलाई दोस्रो पटक दिलाएको यो अन्तर्राष्ट्रिय उपाधी अभूतपूर्व, अनुपम एवम् प्रशंसनीय छ । यसबाट नेपाली महिला राष्ट्रिय भलिबलले टिमले ठूलो फड्को मारेको प्रमाणित हुन्छ ।”



प्रतिक्रिया दिनुहोस !