१७ बैशाख २०८१, सोमबार

ल्होसार पर्वले राष्ट्रिय एकता प्रवद्र्धन गर्छ : अध्यक्ष तिमिल्सिना

प्रकाशित मिति :  30 December, 2021 8:44 am


काठमाडाैं ।   राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु ल्होसार पर्वले सबै नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने बताएका छन्।

तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा २६०६औँ तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले तमु ल्होसार जस्ता चाडपर्वको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व रहेको बताए।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको भन्दै हाम्रो देशमा ठाउँ/समुदाय विशेषअनुसार फरकफरक भाषा, धर्म, संस्कृति, वेषभूषा रहेका छन् जुन हाम्रो पहिचान पनि भएको बताए।

उनले तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र संवद्र्धन गर्नुपर्ने बताए ।

रासस



प्रतिक्रिया दिनुहोस !