१४ बैशाख २०८१, शुक्रबार

साँस्कृतिक एकताले समृद्ध लुम्बिनी प्रदेशः मुख्यमन्त्री केसी

प्रकाशित मिति :  30 December, 2021 9:48 am


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले देश र प्रदेशको विबिध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सकिने बताएका छन् । “तमु ल्होसार–२०७८” को अवसरमा शुभकामना व्यक्त गर्दै साँस्कृतिक एकतामा जोड दिएका हुन् ।

“हाम्रो लुम्बिनी प्रदेशमा बसोबास गरी रहनुभएका गुरुङ समुदायको भाषा, धर्म, सँस्कृतिको विकास र समृद्धीका लागि प्रदेश सरकार पहल गर्दै आएको र आगामी दिनमा समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,” शुभकामना सन्देशमा भनिएको छ । उनले नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु साँस्कृतिले भरीपूर्ण रहेको चर्चा गरेका छन्।

नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । “संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने कुरा यो सन्देश मार्फत अवगत गराउँदछु,” शन्देशमा भनिएको छ।

विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यावस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प अनुरुप प्रदेशले काम गरिरहेको उनले जनाएका छन्।

“सबै समुदायको चाड, पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा विश्वास गर्दछु,” उनले भनेका छन्।

उनले प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको समेत बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !