५ जेष्ठ २०८१, शनिबार

देशभर थप ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, मृत्यु शून्य

प्रकाशित मिति :  1 January, 2022 4:37 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९ सय ५९ जनाको परीक्षण गर्दा ३ सय ८२ जनामा कोरोना पुष्टि भएको हो । यससँगै देशभर सकृय कोरोना संक्रमितको संख्या ४९६९ पुगेको छ । यस्तै ५९ हजार १ सय १२ जनाले खोप लगाएका छन् ।

कोरोना पछिल्ले २४ घण्टामा कसैको मृत्यु भएको छैन ।



प्रतिक्रिया दिनुहोस !