५ जेष्ठ २०८१, शनिबार

स्वास्थ्य सेवा विभागले भन्यो,‘ओमिक्रोनका लागि थप सतर्कता अपनाउनु र तयारी गर्नु’

प्रकाशित मिति :  2 January, 2022 3:17 pm


काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सम्बन्धी थप सतर्कता अपनाउन र तयारी गर्न भनेको छ ।

विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, सबै जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयहरूलाई परिपत्र गर्दै थप तयारी गर्न अनुरोध गरेको हो ।

महाशाखाले समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाइ एन्टिजेन किटद्वारा परीक्षण गर्न, पहिचान भएका केशहरूको उचित व्यवस्थापनमा समन्वय र सहयोग गर्न, कोरोना संक्रमित भएका व्यक्तिको सम्पर्कमा रहेकाहरूको पहिचान गरी क्वारेन्टाइन तथा परीक्षण गर्न भनको छ ।

त्यस्तै सीमा नाकामा रहेका प्रवेश विन्दुहरूबाट प्रवेश गर्ने यात्रुहरूको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरूको पहिचान तथा कोभिड-१९ विरुद्धको खोपमा प्रयोग बढाउन, जनस्वास्थ्य मापदण्डहरूको पूर्ण पालना गर्न पनि महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !