८ बैशाख २०८१, शनिबार

रियलमीको सी २५ वाई स्मार्टफोन नेपालमा

प्रकाशित मिति :  3 January, 2022 12:36 pm


काठमाडौं । चीनियाँ स्मार्टफोन कम्पनी रियलमीले ५० मेगापिक्सल ए–आई त्रिपल क्यामेरा सहितको रियलमी सी २५ वाई नेपालमा उपलब्ध गराएको छ ।

रियलमी सी २५ वाई मा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५ हजार एमएएच मेगा ब्याट्री, इन्स्टान्ट फीङ्गरप्रिन्ट सेन्सर भएको शक्तिशाली युनिसाक टि ६१० प्रोसेसर र ६.५ इन्चको ठूलो डिस्प्ले रहेको छ । सी २५ वाई माक्रो लेन्स र बी एण्ड डब्लु लेन्स रहेको छ ।

यस फोनमा विभिन्न फिल्टरहरु उपलब्ध गराएको छ । ए–आई ब्यूटी मोड फङ्सन, एच्.डी. आर मोड, प्यानारोमिक भ्यु मोड, प्रोट्रेट मोड, टाइमल्याप्स पङ्सन, एक्सपर्ट मोड पनि सपोर्ट गर्ने जनाएको छ । सी २५ वाईमा ए–ब्युटी फङ्सन भएको ८ मेगापिक्सलका सेल्फी क्यामेरा छ ।

रियलमी सी २५ वाईमा भएको ब्याट्री स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्ने कम्पनीले जनाएको छ ।

दुईवटा नानो–सिम कार्डहरु राख्न मिल्छ र २५६ जीबी सम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड सलट पनि उपलब्ध गराएको छ ।

रियलमी सी २५ वाई ग्लेसियर ब्लू र मेटल ग्रे रंगमा उपलब्ध छन् । रियलमी सी २५ वाइले नेपालमा ४ जीबी ¥याम र १२८ जीबी ¥याम स्टोरेजको मूल्य २० हजार ४४९ रुपैँया तोकेको छ ।



प्रतिक्रिया दिनुहोस !