२४ बैशाख २०८१, सोमबार

नेकपा (माले)का महासचिव मैनाली चढेको गाडी दुर्घटना

प्रकाशित मिति :  27 February, 2020 1:58 pm


काठमाडौ, १५ फागुन ।

नेकपा (माले) का महासचिव सीपी मैनाली बर्दिबासमा दुर्घटनामा परेका छन् ।

महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो ।

उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाई‌ले जानकारी दिए ।उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !