५ जेष्ठ २०८१, शनिबार

पछिल्लो २४ घण्टामा देशभर ४३५ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  5 January, 2022 4:55 pm


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३९ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर सक्रिय संक्रमित ५ हजार २२५ जना रहेका छन् भने त्यसमध्ये संस्थागत आइसोलेशनमा ३ हजार ७३ जना रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना संक्रमण देखिएको थियो भने सोमबार सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !