५ जेष्ठ २०८१, शनिबार

भारतको कर्नाटकमा शुक्रबारदेखि एक साता कर्फ्यू

प्रकाशित मिति :  6 January, 2022 11:07 am


काठमाडौं । भारतको कर्नाटक राज्यमा पनि एक साताका लागि कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमितको संख्या बढेसँगै कर्नाटकमा एक साता कर्फ्यू घोषणा गरिएको हो ।

भारतिय संचार माध्यमका अनुसार शुक्रबार राति ११ बजेदेखि सोमबार विहान ५ बजेसम्म कर्फ्यू जारी हुनेछ । अहिले पनि कर्नाटकमा रात्रीकालीन कर्फ्यू यथावतनै रहेको छ । कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्नाटक सरकारले जनाएको छ ।

कर्नाटकमा मंगलबार २४ घण्टामा २०५३ जनामा संक्रमण देखिएको थियो । जसमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भेटिएको थियो ।

यसअघि दिल्ली र उत्तर प्रदेशमा  समेत रात्रीकालीन कर्फ्यू लगाइएको थियो । तर, संक्रमण झन बढेपछि मंगलबार दिल्ली सरकारले एक साता कर्फ्यू लगाइने घोषणा गरेको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस !