२३ बैशाख २०८१, आइतबार

केएमसीले बढी शुल्क लिएको प्रमाणित भए सम्बन्धन खारेज गर्ने शिक्षामन्त्रीको चेतावनी

प्रकाशित मिति :  6 January, 2022 1:48 pm


काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरूले निरन्तर आन्दोलन गरिरहेका बेला आज शिक्षामन्त्री देवेन्द्र पौडेल दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अनुगमनमा पुगेका छन् ।

उनले तोकिएभन्दा बढी शुल्क लिएको प्रमाणित भए कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिए । “केएमसीले बढी शुल्क लिएको व्यापक गुनासोपछि आफू आएको हुँ” शिक्षामन्त्री पौडेलले कलेजका प्रिन्सिपल डा. रतिन्त्रनाथ श्रेष्ठलाई भने “बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ ।”

मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेश गर्न पनि कलेजलाई निर्देशन दिएका छन् । ‘भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा, विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्नुहोस्’ मन्त्री पौडेलले प्रिन्सिपल श्रेष्ठलाई निर्देशन दिँदै भने ।

मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई बार्ताका लागि बोलाएकी छन् ।



प्रतिक्रिया दिनुहोस !