२३ बैशाख २०८१, आइतबार

भारतमा एकैदिन कोरोना संक्रमितको संख्या एक लाख भन्दा बढी

प्रकाशित मिति :  7 January, 2022 11:37 am


काठमाडौं । भारतमा एकैदिन कोरोना संक्रमितको संख्या एक लाख पार गरेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार १ सय पुगेको छ । त्यस्तै ३०२ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणको दर ७ दशमलव ७४ प्रतिशत रहेको छ । त्यस्तै एकै दिनमा ३० हजार ८ सय ३६ जना निको भएका छन् ।

कोरोना संक्रमणको निको हुने दर ९७ दशमलव ५७ प्रतिशत छ । भारतमा अमिक्रोनबाट संक्रमितको संख्या ३००७ रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !