२३ बैशाख २०८१, आइतबार
कोरोना त्रास

तयारी अवस्थामा रहन अस्पताल र स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

प्रकाशित मिति :  7 January, 2022 1:48 pm


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्न सक्ने भन्दै तयारी अवस्थामा रहने अस्पताल र स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएको छ ।

आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले अस्पतालहरूलाई तयारी अवस्थामा राख्न, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीहरूको यथेस्ट जाहो गर्न र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको   छ ।

सीमा नाकाहरूमा कोभिड-१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ आएका केशहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था पनि गरिएको अस्पतालले जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ विश्वव्यापी तथा नेपालमा हालसम्म उपलब्ध तथ्याङ्कहरूलाई आधार मान्ने हो भने नेपालमा पनि ओमीक्रोनको कारणले अत्यधिक मात्रामा कोभिड-१९ का केशहरू बढ्न सक्ने सम्भावना रहेकोले सबैले थप सजगता अपनाउनुपर्ने देखिन्छ ।”



प्रतिक्रिया दिनुहोस !