४ जेष्ठ २०८१, शुक्रबार

यस्तो छ आज र भोलिको माैषम पूर्वानुमान 

प्रकाशित मिति :  29 February, 2020 7:12 am


काठमाडौं । हाल देशमा पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसले गर्दा देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ आज र भोलिको पूर्वानुमान 

शनिबार दिउँसोः देशकोपश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ सहितवर्षाको सम्भावना रहेकोछ ।

शनिबार रातीः देशकोपश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा हल्कावर्षाको सम्भावना रहेकोछ ।

आईतबार दिउँसोः देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पछि पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहितवर्षाको सम्भावना रहेकोछ ।

आईतबार रातीः देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी तथा मध्य पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोछ ।



प्रतिक्रिया दिनुहोस !