२३ बैशाख २०८१, आइतबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण

प्रकाशित मिति :  8 January, 2022 11:45 am


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

प्रचण्डको सचिवालयका अनुसार हिजो बेलुकी एन्टिजेन र पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । प्रचण्डको सचिवालयले भनेको छ,“स्वास्थ्य अवस्था सामान्य छ ।

यो बीचमा उहाँको सम्पर्कमा रहनुभएका सबैले स्वाथ्य सतर्कता अपनाइदिनुहुने छ । स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँ केही दिन आइसोलसनमा रहनुहुने छ ।” प्रचण्डका स्वाकीय सचिव रमेश मल्ललाई समेत कोरोना संक्रमण देखिएको थियो । परीक्षणका क्रममा मल्ललाई पनि संक्रमण देखिएको हो ।

नेता श्रेष्ठले स्वास्थ्यमा असहजता महसुस भएपछि परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको थियो । उनको सचिवालयका अनुसार हिजो गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्रेष्ठ १४ दिनसम्म होम आइसोलेसनमा रहने उनको निजी सचिवालयलय जनाएको छ ।

केन्द्रीय कार्यालयका कतिपय कर्मचारीलाई समेत कोरोना देखिएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस !