१५ चैत्र २०८०, बिहिबार

पूर्वसभामुख महराले रोल्पा पुगेर सम्झिए ४० वर्षअघि आफैले लेखेको कविता

प्रकाशित मिति :  8 January, 2022 3:56 pm


फाेटाे : मानसिंह विककाे फेसबुकबाट

रोल्पा । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले रोल्पा पुगेर ४० वर्षअघि आफूले लेखेको कविता सम्झिएका छन् ।

रोल्पाको सुलिचौरमा भएको साहित्य महोत्सवको प्रमुख अतिथि बनेर गएका महराले कविता सम्झिएनन् मात्रै वाचन समेत  गरे ।

महराले कविताको पृष्ठभूमिबारे स्मरण गर्दै सुनाए,“२०३८ सालमा नुन बोक्ने भरिएको जीवनलाई अविव्यक्त गर्नका लागि ‘हतारो’ पत्रिका प्रकाशन गरेका थियाैँ , त्यतिबेला प्रमुख जिल्ला अधिकारीले तारेख लगाएका थिए, त्यो पनि विद्रोहको एउटा माध्यम थियो, उहाँको विरुद्धमा बोलेर त आज राजनीतिमा सहभागि भएर देश परिवर्तनका लागि योगदान दिन पाएका छाैँ ।”

‘हतारो’ पत्रिका प्रकाशनमा किमबहादुर थापा ‘सुनिल’, खगेन्द्र विष्ट लगायतको टिमको सहभागिता रहेको महराले स्मरण    गरे ।

उनले साहित्य समाजको ऐना भएको उल्लेख गर्दै रोल्पा जिल्लाको बलिदान, त्याग, तपस्याको बारेमा लेख्न, बोल्न र प्रचार प्रवाह गर्न आग्रह गरे । मन्तव्य सक्दै गर्दा उनले त्यै २०३८ सालमा केविएमको नामबाट लेखेको ‘जनतालाई’ शिर्षकको कविता बाचन गरे ।

जनतालाई
–केविएम

उठ ए ! जनता हो !!
अझै लाटा भएर नबस, तिमीलाई यहाँ
अकालै मृत्यको खुम तिर धकेलिएको छ
तिमीलाई यहाँ आजै
तिम्रो मासुको भतेर लगाउन षडयन्त्र रचिदै छ
तिमी भनेको अझै चुव लागेर बसिरहेका छाँै
कोही निदाइरहेको छौँ
बुझ ए !
कर्म त तिमी आफै बनाउन सक्छाैँ
तिमीले आफ्नो यात्रुलाई
राम्ररी चिनेर नाप्नै पर्दछ

उनीहरु रगत पिउनै पर्दछ
तिमीहरू थोरै छैनौ
यहाँ
उठ मात्रै
तिमी जस्ता असंख्य सर्वहाराहररूले
तिम्रा काँध मिलाएर
साथ दिने छन्
तिमीलाई !!

 



प्रतिक्रिया दिनुहोस !