५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री र सञ्चारमन्त्री होमआइसोलेसनमा,आज पिसीआर परीक्षण गर्ने

प्रकाशित मिति :  9 January, 2022 8:59 am


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होमआइसोलेसनमा बसेका छन्।

सत्ता गठबन्धनको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा पनि होम आइसोलेसनमा बसेका हुन्। देउवाले शनिबारदेखि नै भेटघाट कार्यक्रम बन्द गरेका छन् ।

त्यस्तै सो बैठकमा सहभागी भएका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि शनिवारदेखि होमआइसोलेसनमा बसेका छन्। मन्त्री कार्कीले पनि शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् । आइतबार कोरोना परीक्षण गर्ने मन्त्री कार्कीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !