५ जेष्ठ २०८१, शनिबार

माओवादी केन्द्रको महाधिवेशनबाट फर्किएका रोल्पा नगरपालिकाका मेयरलाई कोरोना

प्रकाशित मिति :  9 January, 2022 3:30 pm


रोल्पा । रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा भएको माओवादी केन्द्रको महाधिवेशन सकेर फर्किएका केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो । मेयर केसीले आफूलाई कोरोना संक्रमण भएको र आइसोलेसनमा बसेको बताएका छन् ।

उनले एन्टिजेन परीक्षणका क्रममा कोरोना देखिएको बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्,“एन्टिजेन परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु । कम्तिमा १० दिन आइसोलेसनमा नै रहनेछु । हालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु । ”

काठमाडौंमा भएको महाविधेशनमा सहभागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, सत्या पहाडी लगायत केन्द्रीय कार्यालयका कर्मचारी लगायतलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !