५ जेष्ठ २०८१, शनिबार

पछिल्लो २४ घण्टामा ११६७ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

प्रकाशित मिति :  9 January, 2022 4:56 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा ११६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा ११६७ जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको हो ।

आइतबार देशभर ६ हजार ७ सय ५५ जना कोरोनाका संक्रिय संक्रमित छन् भने पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्।
संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।



प्रतिक्रिया दिनुहोस !