५ जेष्ठ २०८१, शनिबार

सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

प्रकाशित मिति :  9 January, 2022 7:52 pm


काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी हुने भेला रोक्न सिफारिस गरेको छ ।

आज बसेको बै७कले अर्को सूचना नभएसम्मका लागि सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला,भेला तथा महोत्वसहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखि पठाउन सिफारिस गरेको हो ।

सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक,सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आव्हान गर्ने निर्णय पनि गरेको छ । साथै नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

बैठकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जनचेतना अभिवृद्धि, औषधि तथा औषधिजन्य सामानहरु छिटो छरितो माध्यमबाट खरिद तथा आपूर्ति व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गर्ने सिसिएमसीले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !