५ जेष्ठ २०८१, शनिबार

सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य,आन्तरिक उडानमा पनि चाहिने

प्रकाशित मिति :  9 January, 2022 8:05 pm


फाइल फोटो

काठमाडौं । अब सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य चाहिने भएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ ३ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।

यस्तै सार्वजनिक स्थानहरु (कार्यालय,होटेल,रेष्टुरेन्ट,सिनेमा हल,रंगशाला,हावाईयात्र पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्न सिफारिस गरेको हो । खोपको कार्ड मोबाइल फोटो भएपनि हुने छ ।

सिसिएमसिसिले ‘माघ ३ गतेदेखि लागु गर्ने व्यवस्थाका लागि सबै डिसिएमसीलाई गृह मन्त्रालय मार्फत सिफारिस गर्ने सिफारिस गरेको हो ।

सिसिएमसीले माघ ३ गतेपछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउन पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रालयलाई सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस !