५ जेष्ठ २०८१, शनिबार

भारतमा एक दिनमै १ लाख ७९ हजार संक्रमित

प्रकाशित मिति :  10 January, 2022 12:35 pm


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ७९ हजार ७२३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । पछिल्लो एक दिनमा १४७ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

भारतमा २ साता अघिदेखि अधिकांश राज्यमा कोरोना संक्रमण व्यापक रुपमा फैलिदैँ गएको छ । कोरोनाको तेस्रो लहर ओमिक्रोन विश्वव्यापी फैलिएको अवस्थामा भारतमा पनि ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएको छ ।

भारतमा अहिलेसम्म ४ हजार भन्दा बढीमा ओमिक्रानको संक्रमित भेटिएका छन् । संक्रमित बढी भएका विभिन्न राज्यहरुमा रात्रीकालिन कफ्यु जारी गरियता पनि संक्रमितहरुको संख्या तिव्र गतिमा बढ्दै गएको छ ।

 



प्रतिक्रिया दिनुहोस !