६ जेष्ठ २०८१, आइतबार

देशभर २,४४४ जना कोरोना संक्रमित थपिए, १ लाख ८० हजारलाई खोप

प्रकाशित मिति :  11 January, 2022 4:14 pm


काठमाडौं । देशभर २ हजार ४ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनामा परीक्षण गर्दा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो भने ३१३ जना निको भएका छन् । १ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङ्कसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९५२२ जना भएका छन् । यस्तै २४ घण्टामा १ लाख ८० हजार ४ सय ५७ जनाले खोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !