६ जेष्ठ २०८१, आइतबार

आजदेखि काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन

प्रकाशित मिति :  12 January, 2022 8:29 am


काठमाडौं । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​कडाइ गर्ने निर्णय गरेको हो । मंगलबार राति १२ बजेदेखि उक्त आदेश जारी भइसकेको छ ।

प्रशासनले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएदै १८ बुँदे आदेश जारी गरिएको  छ । त्यस्तै राजनीतिक दलका सभा, कार्यक्रम गरी भिडभाडजन्य सबै गतिविधि गर्न पनि रोक लगाएको छ।

आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ।

माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा लिनका लागि खोप कार्ड अनिवार्यसमेत गरिएको छ।



प्रतिक्रिया दिनुहोस !