१२ बैशाख २०८१, बुधबार

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउदै

प्रकाशित मिति :  15 January, 2022 11:44 pm


काठमाडौं । सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरुका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ ।

आइतबार बिहान हिमालय एअरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिने कार्यक्रम रहेका छ।



प्रतिक्रिया दिनुहोस !