२० बैशाख २०८१, बिहिबार

बलात्कार आरोपी ‘सिद्धबाबा’ गरे आत्मसमर्पण आजै थुनामा पठाउने

प्रकाशित मिति :  3 March, 2020 2:31 pm


काठमाडौ, २० फागुन । एक अनुयायीलाई बलात्कार गरेको अभियोमा थुनामा राख्‍ने आदेशसँगै फरार रहेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले सुनसरी जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन्।

केहीबेरअघि उनी अदालत परिसरमा आएको सरकारी वकील सुनसरीका जिल्ला न्यायाधीवक्ता गोकुलबहादुर निरौलाले बताए।

“अदालतबाट पुर्पक्षमा राख्न आदेश आएकाले गिरीलाई अब आवश्यक कागजी प्रक्रिया पूरा गरेर  थुनामा पठाउने तयारी भइरहेको छ”, निरौलाले भने।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले सुनसरी अदालतको आदेश बदर गर्दै ९ माघमा गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

गिरी आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए।उच्च अदालतको आदेश आउनु केही समय अगाडि गिरी भारततर्फ फरार भएका थिए ।



प्रतिक्रिया दिनुहोस !