१७ बैशाख २०८१, सोमबार

मेघ गर्जनसहित बर्षाको संम्भावना

प्रकाशित मिति :  3 March, 2020 2:22 pm


काठमाडौ, २० फागुन । 

स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘प्रि–मनसुन’ शुरु भएकाले स्थानीय वायुको प्रभाव परेको मौसमविद् गङ्गा नगरकोटीले बताइन् । ‘अङ्ग्रेजी महिना मार्चदेखि शुरु हने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ’, मौसमविद् नगरकोटीले भनिन् ।

राति देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

भोलि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !