१६ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि ९ बजे

प्रकाशित मिति :  3 March, 2020 4:46 pm


काठमाडौ, २० फागुन । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि विहान ९ बजे पुनः मिर्गौलमा प्रत्यारोपण गरिने भएको छ ।

त्यस्तै आज अघिल्लो दिन मंगलबार डायलासिस गर्नुका साथै अरु चेकजाँच प्रक्र भइसकेको छ । ‘उहाँको सबै रिपोर्ट सामान्य आएको छ । भोलि विहान ९ बजे प्रत्यारोपण सुरु हुन्छ’, प्राध्यापक डा. अरुण सायमीले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ  नै अस्पताल भर्ना भएका थिए । उनलाई नाताले भान्जी पर्ने युवतीले मिर्गौला दिने भएकी छन् ।



प्रतिक्रिया दिनुहोस !