१२ श्रावण २०८१, शनिबार

जिप दुर्घटनामा वडा सचिवको मूत्यु

प्रकाशित मिति :  5 March, 2020 8:36 am


काठमाडौ, २२फागुन ।

गोरखामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटना हुँदा वडा सचिव किरण रिमालको मृत्यु भएको हो ।

बुधबार राति ग १ ज ५५०५ नम्बरको जिप सडकबाट खस्दा जिपमा सवार अन्य ७ जना घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !