बर्दिया बस दुर्घटना : २४ जना उपचारपछि फर्किए,११ जनालाई थप उपचारका लागि कोहलपुर लगियो
प्रकाशित मिति : 3 February, 2022 12:11 pm
बर्दिया । बर्दियामा भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् ।
आज बिहान सवा ३ बजेतिर बासगढी नगरपालिका ३ स्थिति पूर्वपश्चिम राजमार्गको रारा चाउचाउ कम्पनी नजिकै बस दुर्घटना भएको हो ।
कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना ५ ख ५३८२ नम्बरको बस अनियन्त्रित भइ पल्टिदा घाइते भएका मध्य २४ जना सामान्य उपचारपछि फर्किएका छन् ।
कौशिल्या अस्पतालमा उपचारपछि २४ जना फर्किएको र बाँकी ११ जनालाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बसका चालक कैलाली धनगढी उपमहानगरपालिका १७ बस्ने किसन सिंह खत्रीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








