प्यूठानमा जन्ती बोकेको जिप दुर्घटना,८ जनाको मृत्यु
प्यूठान । प्यूठानमा जन्ती बोकेको जिप दुर्घटना कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
घटनास्थलमै ६ जना र उपचारका लागि बिजुवार अस्पताल लैजादै गर्दा २ जनाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।
मृत्यु हुनेमा गौमुखी गाउँपालिका ६ लिवाङका बसन्त खड्का, बसन्ता खड्का र एलीसा खड्काको मृत्यु भएको छ । उनीहरु एकै परिवारका भएको प्रहरीको भनाई छ ।
त्यस्तै बलबहादुर बुढामगर,केशरी खड्का, नन्दी खड्काको पनि दुर्घटनामा मृत्यु भएको छ । एक महिलाको भने पहिचान हुन बाँकी छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेमा, दुलाहा दानबहादुर खड्का, दुलही रिमा जिसी, साबित्रा जिसी, हरि बुढामगर र नरेश खड्का रहेका छन् ।
नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा दुर्घटना भएको हो । बिहान ३ बजेतिर भएको दुर्घटना भएको प्रहरीले जनाएको छ ।








