५ पुस २०८२, शनिबार

स्याङ्जामा जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु

प्रकाशित मिति :  5 February, 2022 6:17 pm


प्रतिकात्मक तस्वीर

स्याङ्जा । स्याङ्जाको बिरूवा गाउँपालिकामा जिप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

आज बिहान स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं ३ धोबादी भित्री सडक खण्डमा जिप दुर्घटना भएको हो ।

बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग १ ज ५९३९ नं. को जिप सडकदेखि करिब ५०० मिटर तल खस्दा बिरुवा गाउँपालिका-३ खालीका २६ वर्षीय चालक बेलबहादुर थापा र सोही ठाउँकै ३२ वर्षीय भेषबहादुर थापाको घटनास्थलमै मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

हाल मृतकका शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !