५ पुस २०८२, शनिबार

आज श्रीपञ्चमी, सरस्वती पूजा गरिँदै

प्रकाशित मिति :  6 February, 2022 8:20 am


काठमाडौं । आज श्रीपञ्चमी, सरस्वती पूजा । माता सरस्वतीको पूजा आराधाना गरी यो पर्व मनाइदै छ । सरस्वतीलाई विद्याकी उपमाको रुपमा पूजाआजा गर्ने गरिन्छ।

आजको दिन साना साना नानीहरुका लागि अक्षर आरम्भको लागि शुभ दिन पनि मान्ने गरिन्छ । आजका दिन बालबालिकाले अक्षर आरम्भ गरेमा सरस्वती माता प्रशन्न हुने हुँदा साना नानीबाबुलाई छिटो शिक्षा लिन सक्छन् भन्ने विश्वास रही आएको छ ।

सेतो बस्त्रमा सजिएर हाँस माथि चढेकी सरस्वती मातालाई आजका दिन कमलको फूल सहित मिठा र गुलिया प्रसाद चढाउने गरिन्छ । आजका दिन शिक्षणसंस्थामा सरस्वतिमाताको पूजा धुमधामका साथ गरिन्छ ।

आजकै दिन काठमाडौंको सरस्वति मन्दिरहरु स्वयम्बुनाथ, लाजिम्पाट, गैरीधाराको नीलबराही, ललितपूरको लेलेमा विशेष मेला लाग्ने गर्दछ । आजकै दिन पशुपति नाथमा रहेको सरस्वतीको मूर्तिलाइ बौद्ध धर्मालम्वीहरुले मञ्जुश्रीका रुपमा पूजा गर्ने गर्दछन् ।

कोरोना माहामारीका कारण सरकारले भीडभाड हुने क्षेत्रमा मानिसको जमघट नगर्न आदेश दिएको छ । संक्रमण बढेपछि देशभरका विद्यालयहरुमा वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !