५ पुस २०८२, शनिबार

दाङमा पेस्तोल आकारको लाइटर देखाएर स्थानीयलाई त्रसित पार्ने ७ जना पक्राउ

प्रकाशित मिति :  6 February, 2022 12:49 pm


दाङ । दाङमा पेस्तोल आकारको लाइटर र घरेलु हतियार देखाएर स्थानीयलाई त्रसित पार्ने ७ जनालाई पक्राउ परेका छन् ।

आज बिहान ५ बजेतिरको समयमा दाङ तुलसीपुर उप–महानगरपालिका वडा नं.३ भ्युडर स्थित खाली गोठमा निम्न स्थान बस्ने निम्न ७ जना व्यक्तिहरूले मादक पदार्थ रक्सी सेवन गरी स्थानीयलाई त्रसित पारेको आरापमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुर,दाङले जनाएको छ ।

उनीहरूको साथबाट पेस्तोल आकारको आगो बाल्ने लाईटर १ थान, खुडा १ थान, हसीया ३ थान, र बञ्चरो १ थानसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ बस्ने सन्तोष बस्याल,मनोज बि.क., पोषण ओली,बिबेक बस्नेत,अजिल मिया, तुलसीपुर उपमहानगरपालिका–६ बस्ने बर्ष २१ को केतु ओली र वडा नम्बर ९ बस्ने मोहन बस्नेत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !