१५ बैशाख २०८१, शनिबार

उर्जा क्षेत्रमा नेपालकाे काम सराहनिय रहेकाे भारतकाे निस्कर्ष

प्रकाशित मिति :  6 March, 2020 8:46 pm


काठमाडाैं, २३ फागुन । 

छिमेकी राष्ट्र भारतले नेपाल सरकारले उर्जा क्षेत्रका प्रसंशणीय काम भएकाे निश्कर्ष निकालेकाे छ । वर्तमान सरकारले नेपालकाे उर्जा क्षेत्रमा उल्लेखनिय काम भएकाे भन्दै प्रशंसा गरेकाे हाे ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’लाई भेटी भेटेर वर्तमान सरकार गठन भएपछि ऊर्जा क्षेत्रमा राम्रो काम भएको भारतीय निष्कर्ष रहेकाे जानकारी गराएका हुन् । शुक्रवार भएकाे द्वीपक्षीय भेटघाटका क्रममा राजदूत क्वात्रालेकार्य प्रगतिमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै मन्त्री खुलेर प्रशंसा गरेका छन् ।

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको कामले गति लिएपछि भारतीय पक्ष  खुशी छन् । अरुण तेस्रोको ३० प्रतिशत काम सम्पन्न भइसकेको र निर्धारित समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास गर्दै राजदूत क्वात्राले पहुँच मार्गको स्तरोन्नति, विस्फोटक पदार्थ आयात र सुरक्षामा नेपाल पक्षले विशेष पहल गर्नुपर्ने बताए ।

भेटमा मन्त्री पुनले नेपालले जलविद्युतको सीमापार व्यापारलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै त्यसको सहजीकरणका लागि भारतीय पक्षबाट गरिएका प्रतिबद्धताको प्रशंसा गरे । भारतीय लगानीमा निर्माण भइरहेका अरुण तेश्रो जलविद्युत् आयोजना र बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन नेपालको प्राथमिकतामा रहेको बताए । भारतीय सरकारले पश्चिम राप्ती, बाणगंगा र खाँडो नदी नियन्त्रणमा सहयोग गरेकाेप्रति राजदूत मार्फत् भारत सरकारलाइ धन्यवाद दिए ।

बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहकार्यको अनुरूप प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत संयुक्त कम्पनी नै निर्माण भइसकेको छ । सोही अवधिमा नेपाल–भारतबीच विद्युत आदान प्रदानका लागि निर्माण हुने बुटवल–गोरखपुर दोस्रो अन्तरदेशी प्रसारण लाइनको लगानी तथा कार्यान्वयनको प्रारुपमा सहमति भएको छ ।

मन्त्री पुन मन्त्रालयको नेतृत्वमा आएपछि नेपाल–भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको थियाे । यसबीच भारतले छिमेकी मुलुकसँग विद्युत आयात निर्यातका लागि ल्याएको निर्देशिका परिमार्जन गरेकाे छ । याे कदमपछि दुइ देशबीच इनर्जी बैंकिङका साथै अन्तरदेशीय विद्युत व्यापारका लागि बाटो खुलेको थियो । यसकै अाधारमा नेपालले बंगलादेशसँग विद्युत् व्यापारको सम्झौता गरेको छ ।

गत पुस २८ मा  राजदूत नियुक्त भएका क्वात्राले बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका थिए । नवनियुक्त राजदूत क्वात्रा यसअघि  काठमाडौंस्थित सार्क सचिवालयमा रहेर लामो समय काम गरिसकेका छन् । नेपाली समाज बुझेका कारण राजदूत क्वात्राको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास मन्त्री पुनले व्यक्त गरेका छन् ।

क्वात्रासँग ३० वर्ष भारतीय विदेश सेवामा काम गरेको अनुभव छ ।  १९८८ मा सेवा प्रवेश गरेका क्वात्राले सन् २००६ देखि २०१० सम्म काठमाडौंस्थित दक्षिण एसियाली सहयोग संगठन (सार्क) सचिवालयको व्यापार, अर्थ तथा वित्त व्युरो प्रमुुखका रुपमा काम गरेका थिए । क्वात्राले बिजनेस एडमिनिस्ट्रेनसमा स्नातकोत्तर र अर्थशास्त्रमा एमफिल गरेका छन् । पछिल्लाे समयमा भारतले नेपालसँगकाे सरकार तथा जनता जनताबीचकाे सम्बन्ध विस्तारमा भूमिका खेल्ने गरि राजदूत तथा दूतावासकाे कर्मचारीहरू हेरफेर गर्दै अाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !