५ पुस २०८२, शनिबार

बुटवलमा रोकिएको ट्रकमा कार ठोक्किदा ३ जनाको मृत्यु,२ जना घाइते

प्रकाशित मिति :  7 February, 2022 8:40 am


बुटवल । रुपन्देहीको बुटवलमा रोकिएको ट्रकमा कार ठोक्किदा ३ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

आज बिहानै बुटवल उपमहानगरपालिका वडा नम्बर – १२ स्थित तामनगरको कोरियन कलेज अगाडि रोकिराखिएको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परि गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु र घाइते सबैको सनाखत तथा पहिचान हुन बाँकी छ । ट्रक चालक फरार रहेको र घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !