रोल्पामा पक्राउ गरिएको लागु औषध प्रहरीद्धारा नष्ट
उमा के.सी. ।
रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ रुईनिवाङमा फेला परेको चरेस प्रहरीले नष्ट गरेको छ ।
आइतबार बेलुकी ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक लक्ष्मण वली,जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी निरीक्षक कृष्ण राना,सन्तोष केसी लगायतको टोलीले उक्त चरेश जलाएर नष्ट गरेको हो ।
गत माघमा लागु चरेशसहित रोल्पा लुंग्री गाउँपालिका वडा नं. ६ गुम्चाल घर भई हाल सुनिलस्मृती गाउँपालिका–३ रुईनिवाङ स्थित झरना नस्ता पसल गरि वस्ने वर्ष ३० की झलमली बुढाथोकी पक्राउ परेकी थिइन् ।
नास्ता पसलमा अवैध लागु औषधको कारोवार भईरहेको सुचनाका आधारमा प्रहरीले खानतलासी गर्दा बुढाथोकी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए ।
महिलाको शरिरवाट प्रहरीले अवैध लागु औषध व्राउन सुगर ११ पुरिया २४० मिलिग्राम र ६४ ग्राम लागु औषध चरेश फेला परेको थियो । निज महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








