१५ चैत्र २०८०, बिहिबार

यूएई साउदीमा अलपत्र नेपाली श्रमिकको श्रममन्त्री श्रेष्ठको पहलमा उद्धार

प्रकाशित मिति :  8 February, 2022 8:41 am


काठमाडौं । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त यूएई गई अलपत्र परेका ८ जना नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ ।

भिजिट भिसामा यूएई पुर्‍याइ यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट जनही सात लाख ५० हजारका दरले रकम असुली यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ले पक्राउ गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न चेतावनी दिएपछि उनीहरुलाई पठाउने कम्पनी ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिले नै सोमबार आठ जनालाई उद्धार गरेर नेपाल ल्याएको हो ।

यसरी नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाई रहेका छन ।

उनीहरुसँगै साउदी अरेवियामा विरामी परी अलपत्र परेका जाजरकोटका आइस रानाको साउदी अरवको जेद्धामा स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्काइएको छ ।

नेपाली दुतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो । रानासहित साउदी अरबमा अलपत्र परेका चार जना नेपालीलाई सोमबार स्वदेश फिर्ता गरिएको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले जानकारी दिए ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !