८ बैशाख २०८१, शनिबार

अष्ट्रेलियाको सिमाना फेब्रुअरी २१ देखि सबैका लागि खुल्ला

प्रकाशित मिति :  8 February, 2022 9:31 am


australia

काठमाडौं । कोरोनाको कहरले दुई वर्षदेखि बन्द रहेको अष्ट्रेलियाको सिमाना अब सबैका लागि खुला भएको छ । अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुल्ला गर्ने भएको हो ।

यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका छन् । यसअघि अष्ट्रेलियाले डिसेम्बर १५ देखि विद्यार्थीलगायत विभिन्न २८ वटा भिसावाहकका लागि सिमाना खुला गरेको थियो।

संघीय सरकारको सुरक्षा समितिले आगामी फेब्रुअरी २१ तारिखदेखि सबै भिसावाहकका लागि सिमाना खुला गर्ने निर्णय गरेको प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन्।

मान्यता प्राप्त खोपको पूर्ण मात्रा लगाएका सबै भिसावाहकले अब सहजै अष्ट्रेलिया आउन पाउने प्रधानमन्त्री मोरिसनले जानकारी दिए । सरकारको पछिल्लो निर्णयको सर्वत्र स्वागत भएको छ।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकहरुलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाउदै लगेको हो ।



प्रतिक्रिया दिनुहोस !