पशुपतिनाथ मन्दिर भोलिदेखि खुला
प्रकाशित मिति : 10 February, 2022 10:30 am
काठमाडौं । कोभिड – १९ (कोरोना भाइरस) तेस्रो लहरका कारण माघको पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भोलिदेखि (माघ २८) खुला हुने भएको छ ।
पशुपति विकास कोषका अुनसार विश्वस्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ २३ गतेको जारी गरेको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख गरेको छ ।
कोरोना संक्रमण बढ्न थालेपछि नित्य पूजा बाहेक भक्तजनका लागि यही माघ ५ गतेदेखि बन्द गरिएको थियो ।








