२१ बैशाख २०८१, शुक्रबार

दाङमा वडा अध्यक्षले कार्यालय सहयोगीलाई कुटेको आरोप

प्रकाशित मिति :  7 March, 2020 11:28 am


दाङ, २४ फागुन । घोराही उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्षले आफ्नै कार्यालय सहयोगीलाई कुटेको आरोप लागेको छ।

अध्यक्ष भिमबहादुर सार्कीले आफूलाई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

शुक्रबार दिएको निवदेनमा चौधरीले आफुलाई कार्यालयमै अध्यक्षले घोक्राएको तथा कुटपिट गरेको उल्लेख गरेका छन् ।

निवेदनमा चौधरीले वडाध्यक्ष सार्कीले आफूलाई विनाकारण तथानाम गाली-गलौज गरेको तथा बारम्बार तर्साउने गरेको दाबी गरेका छन्। उनले निवेदनमा वडा अध्यक्षलाई पक्राउ गरी कानुनी कारवाही गर्न माग पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !