२० बैशाख २०८१, बिहिबार

बैतडीमा कार्यालय सहयोगीसहित दुईजना मृत भेटिए

प्रकाशित मिति :  7 March, 2020 4:21 pm


बैतडी, २४ फागुन । 

बैतडीमा शनिबार एक कार्यालय सहयोगीसहित दुईजना मृत भेटिएका छन्। मृत भेटिनेमा मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट रहेका बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

मेलौली नगरपालिका-६ हतरंगा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका-३ साउगाडामा शनिबार बिहान मृत फेला परेका हुन्। मृतक भट्टले शुक्रबार बेलुका मदिरा सेवन गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यस्तै, डिलाशैनी गाउँपालिका-३ बगडीस्थित सडक छेउमा पनि अर्का एकजना मृत भेटिएका छन्। मृत फेला पर्नेमा दार्चुलाको शैल्यशिखर नगरपालिका-२ का ५६ वर्षीय मीनबहादुर पाल रहेका छन्। पालको मदिरा सेवनबाट ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।

मृतक दुवैको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी ल्याउन लागिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !