टी–२० विश्वकप छनोटमा नेपालकाे विजयी सुरुवात
प्रकाशित मिति : 18 February, 2022 3:00 pm
काठमाडौं । ओमानमा चलिरहेको टी–२० विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।
नेपालले आज पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।
जितका लागि ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्रै बनाउन सक्यो ।








