२ जेष्ठ २०८१, बुधबार

स्याङ्जामा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सुरु

प्रकाशित मिति :  2 March, 2022 4:26 pm


स्याङ्जा । नेकपा एमाले स्याङ्जाले स्थानीय तहको निर्वाचन केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम अर्जुनचौपारी गाउँपालिकाबाट सुरु गरेको छ ।

बैशाख ३० गते मिति तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले अर्जुनचौपारी गाउँपालिका कमिटीद्वारा अर्जुनचौपारीमा आयोजित प्रशिक्षण कार्यक्रम स्याङ्जा जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारस)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

गत फागुन १४ गते सम्पन्न जिल्ला कमिटीको बैठकले जिल्लाका ११ वटै स्थानीय तहमा निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष गैह्रेले आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनमा स्याङ्जाका ११ स्थानीय तह र ९७ वटै वडामा अत्याधिक बहुमत सहित विजयी हासिल गर्नुपर्ने पार्टीको लक्ष्य रहेको बताए ।

यस्तै जिल्ला कमिटीका उपाध्यक्ष कृष्ण खाँणले एमालेसँग सुद्दढ ,गतिशिल र एकताबद्ध संगठनका साथै विशाल जनआधारित कार्यकर्ताको पंक्ति रहेको बताए । पार्टीको संगठन भर लाग्दो भएकाले स्थानिय तहको चुनाव निर्विकल्प जित्नेमा विश्वस्त रहेको बताए ।

कार्यक्रममा जिल्ला कमिटी उपसचिव विश्व पौडेल, चिनमाया गुरुङ, जमुना चापागाँई, एल। वि। थापा, मोहन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !