१९ मंसिर २०८२, शुक्रबार

झापा गोल्डकप : आज नेपाल पुलिस र संकटा क्लब भिड्दै

प्रकाशित मिति :  6 March, 2022 10:03 am


jhapa gold cup

झापा । झापामा हिजोदेखि सुरु भएको मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता पाँचौ संस्करणको नेपाल आइस झापा गोल्डकप अन्तर्गत प्रतियोगिताको दोस्रो दिन आज ए डिभिजन लिगको खेलमा नेपाल पुलिस र संकटा क्लब  बिच प्रतिस्पर्धा हुँदैछ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो २स्३० बजे हुने खेलमा नेपाल पुलिसले संकटा युवा क्लब सँग प्रतिस्पर्धा गर्नेछ । ए डिभिजन लिगमा संकटा सातौँ र पुलिस ११औँ स्थान रहेका टिम हुन् ।

प्रतियोगिता अन्तर्गत हिजो शनिबार सम्पन्न उद्घाटन खेलमा जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटरफाइनल प्रवेश गरेको छ ।

फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार पाउनेछन् । उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !